काठमाडाैं । प्रमुख प्रतिपक्षी एमालेकाे बैठक बहिस्कारका बाबजुद पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १०:३० बजेबाट सर्वदलीय बैठक चलिरहेको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
भानुका अनुसार सर्वदलीय बैठकमा एमालेबाट कुनै प्रतिनिधि सहभागी छैनन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पनि कुनै नेता बैठक सहभागी नभएको उनले बताए ।
बैठकमा प्रधानमन्त्री तथा सभापति देउवा र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल सहभागी छन् । भने जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थिति रहेको छ । भने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी छन् ।
बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुखका केही कार्यप्रति असन्तुष्टि जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend