Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • अनाथालयको नाममा ठगी धन्दा गर्ने दिदीबहिनीको पक्राउ


    बुधबार, असोज १३ २०७८
    465
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कपिलवस्तु । प्रहरीले अनाथालयको नाममा सहयोग माग्दै ठगी धन्दा गर्ने दिदीबहिनीलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ठगि गरेकाे आरोपमा  पश्चिम नवलपरासी घर भएका २२ वर्षीया शान्ति पौडेल र उनकी १७ वर्षीया बहिनीलाई पक्राउ गरेकोहाे ।

    जिल्लाको बाणगंगा नगरपालिका १ वैरियामा रकम संकलन गरेको अवस्थामा स्थानीय व्यवसायीले शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए ।

    पक्राउ परेकाहरूबाट संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाज काठमाडौंको सहयोग रसिदसमेत फेला परेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार  सम्बन्धित संस्थामा फोन सम्पर्क गरेपछि उनीहरुले नक्कली रसिद बनाएर सहयोग संकलन गरेको खुलेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार