काठमाडौं । मन्त्रिपरिषद बिस्तारकै बिषयमा तीन पार्टीका शीर्षनेताबीच आज वार्ता भएको छ । सरकार गठन भएको डेढ महिना बढी समय ब्यतित भइसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आज वार्ता गरेका छन् । शनिवार बिहान १० बजेबाट बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।
देउवालाई प्रधानमन्त्री बनाउने चार दलमध्ये दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रको मात्र सरकारमा प्रतिनिधित्व छ । बाँकी रहेका नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सरकारमा सहभागी भएका छैनन् ।
पार्टीहरुबीच मन्त्रालय भागबण्डा मिल्न सकेको छैन । मन्त्रालय भागबण्डाका बारेमा सहमति जुटाउन शीर्ष तीन नेता निरन्तरजसो छलफलमा जुटिरहेका छन् ।
चार पार्टीबीच मन्त्रालयको संख्या टुंगिए पनि कुन–कुन मन्त्रालय कसलाई भन्ने विषयमा अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन । कांग्रेसले संचार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालयमा दाबी नछाडेपछि पार्टीहरुबीच भागबण्डा मिलेको छैन ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend