Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • बाढी-पहिरोका घटना बढ्न थाले, सतर्क रहनू : गृह मन्त्रालय


    आइतबार, भाद्र १३ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मनसुनी वायुका कारण नेपालका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ

    जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार आज आइतबार देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

    यस्तै, सोमबार देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ।

    यसैगरी, मंगलबार देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    यसैबीच देशभर बढेको वर्षाका कारण बाढीपहिरोका घटना बढ्न थालेको गृह मन्त्रालय आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ। यस समयमा सबै नागरिकहरुलाई सतर्क रहन  समेत गृहले आग्रह गरेको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार