ललितपुर । समय फल्चा पाटी कहाँ थियो । यस्को स्वरुप कस्तो थियो । हाल श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भएकै ठाउमा थियो वा थिएन । पाटी कहा थियो अहिलेसम्म किन उत्खनन भएन । एउटा पुरानो फोटोको भरमा यहाँ पाटी थियो अनि विना स्वीकृत सरकारको स्वमित्वमा रहेको जग्गामा पाटी बनाएरै छाड्छु भन्ने ललितपुर महानगरपालिकाको मेयर चिरिबाबु महर्जनको हौसियायीलाई कसैले बुझन सकेका छैनन् ।
तत्कालिन ललितपुर उप–महानगरपालिकाको बोर्डको बैठकको निर्णयलाई गुमराहमा राख्दै पाटी बनाउन कस्सिएर लागेका छन् मेयर महर्जन । यदी त्यहा पाटी भएको भए किन उत्खनन गर्ने आट गर्दैनन मेयर । किन त महानगरपालिकाको सिङगो कार्यपालिका, पार्टी र जनताको साथ लिन सक्दैनन । महानगरपालिकाको बोर्डमा आफु अल्पमतमा परिन्छ भनेर यो विषय प्रवेश गराउनै चाहदैनन मेयर महर्जन । केवल एउटै रटान लिएका छन म यहा समय फल्चा पाटी बनाएर छाड्छु । हुदाहुदै यही भदौ ३ गते पाटी सिलान्यास गर्न तम्सीएर पुल्चोक पुगेका मेयरमहर्जनले आफुले अदालतको आदेशको सम्मन गर्ने बताए । यहा सम्म भन्न भ्याए कि गृहसचिव ज्युले पाटी बनाउन ओके भनिसक्नुभएको छ । सर्वोच्च अदालतले हामीलाई रोकेको छैन ।
सिडियो साबले बनाउनु भन्नु भएको छ । तीनै निकायले मेयरलाई पाटीबनाउन आदेश दिएकै छैनन । सवोच्च अदालतले त फुटपाथ र सडकलाई बाधा नपर्ने गरी पाटी बनाउने आसयको आदेश दिएको छ । मेयरका यो रटान उनको पार्टी राजनीति प्रेरित देखिन्छ । किन की सोही वडाका वडा अध्यक्ष श्रीगोपाल महर्जन मेयरको यो कामप्रति सहमत छैनन । उनको एउटा मात्र भनाई छ पहिला पाटी कहाँ थियो उत्खनन गर्नुपर्छ । पाटी छ भने जस्तो छ त्यस्तै बन्नु पर्छ । हचुवाको भरमा जनता उचालेर समस्या समाधान हुनै सक्दैन । मेयरको एउटा मात्र चाहना छ । अबको चुनावमा यही मुद्धा उठाएर जनताको मन जित्नेछु । तर नियम विपरित पाटी निर्माण गर्ने विषयमा वडा कार्यालयले समेत सहमति दिन सकेको छैन । वडा कार्यालयले पाटी भएको स्थान पहिचान गरेर मात्रै निर्माण गर्नु पर्ने धारणा व्यक्त गरेको छ । सडक पेटीमा पाटी बनाउने विषयमा कसैले सहमति दिन सकेका छैनन् ।
निर्वाचन आउन ८ महिना बाकी रहदा जसरी पनि पाटी शिलान्यास गरी फेरी मेयर बन्ने रणनीति बनाएका उनले स्थानीयलाई सडकमा उतारेर द्धन्द बढाउने र कानुन विपरिच पाटी बनाउन प्रयास गरिरहेका छन् । बिसं २०६८ साल मंसिर २५ गते बसेको उप–महानगरपालिकाको बोर्डको बैठकले नेपाल सरकारको स्वामित्वमा रहेको सो जग्गामा सडक फुटपाथ समेत देखिएको, सडक विभाग डिभिजन कार्यालयले पाटी निर्माण गर्न दिन नहुने भनी लेखी आएको,काठमाडौ उपत्यका नगर विकास योजना कार्यान्वयन समितिको मापदण्ड ६४ को दफा १३ अनुसार सडक केन्द्र रेखाबाट ११÷११ मिटर स्थायी संरचना निर्माण गर्न नपाईने मापदण्ड रहेको उल्लेख गरेको थियो । सो बैठकले कित्ता नम्बर ३२७ सडक सिमाभित्रै रहेको देखिएकोले उक्त कित्तामा कुनै निर्णय गर्न नेपाल सरकार रऐनले तोकेकोअन्य प्रचलित कानुन अनुसार सम्बन्धित निकायबाट स्वीकृत लिनुपर्ने कानुनी राय समेत प्राप्त भएको र नेपाल सरकारबाट स्वीकृत प्राप्त भएको समेत नदेखिदा सो स्थानमा पाटी निर्माण गर्न अनुमति दिन नमिल्ने र समयफल्चा पाटी पुनःनिर्माण समितिको राय माग अनुसार आर्थिक सहयोग समेत दिन नमिल्ने निर्णय गरेको थियो ।
मेयर महर्जनले सो निर्णय लुकाएर नयाँ निर्णय पनि गर्न नसकी कार्यकारी अधिकृत गणेश अर्यालको उक्साहटमा पाटी बनाउन कस्सिएका छन् । मेयर चिरिवावु महर्जनले सरकारको सरकारको निर्देशन र सर्वोच्च अदालतको आदेश उलंघन गर्दै पुल्चोक स्तुपा संगै सडक पेटीमै पाटी बनाउने तयारी गरेका हुन । यहा सम्मकी बिसं २०३८ सालको निर्वाचनमा सोही वडा अध्यक्ष हुँदा सो क्षेत्रमा पाटी बनाउने विषयमा उनले चासो देखाउन सकेनन् । नक्सामा पाटी भएको विषय उल्लेख गराउन सकेको भए सायद अहिले पाटी बनाउन सहज हुन्थ्यो होला ।तर त्यसबेला उनलाई केही मतलब थिएन ।
अहिले नापी कार्यालयले सो स्थानमा पाटी नभएको जनाइसकेको छ । तर स्थानीय बुद्धिजीवि र महानगरपालिकाका कार्यपालिकाका सदस्यलाई गुमराहमा राखी बाटोसंगै फुटपाथमा ‘समय फल्चा’ बनाउने अन्तिम कसरत गरिरहेका छन् । यही साउन १७ गते सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको आदेश विपरीत मेयर महर्जनले अटेर गरेर मूल सडकको आवागमनमा प्रभाव पार्ने गरी समय फल्चा र्निर्माणको काम अगाडि बढाउन खोजेका छन् । सो आदेशमा मुल सडक र पैदलमार्ग यथावत कायम रहने गरी अर्थात सडक मापदण्ड विपरित नहुनेगरी निर्माण गर्न मिल्ने उल्लेख थियो । तर सो पाटी मुल सडकको ११ मिटरभित्र पर्छ । जहा अहिले बटुवा हिड्ने गरेका छन् । यहा सम्मकी जिल्ला प्रशासन कार्यालयले अदालतको आदेश अनुसार पाटी नबनाउन निर्देशन गरेको छ । अदालतले त मुल सडक पेटीलाई असर नपर्नेगरी पाटी निर्माण गर्न आदेश दिएको थियो । सो आदेशलाई वङग्याएर मेयर महर्जनले पाटी शिलान्यास गर्न खोजेका छन् ।
जिल्ला प्रशासन कार्यालय ,सडक विभाग र नापी कार्यालयले सडक मापदण्डभित्र पर्ने सो स्थानमा पाटी बनाउन नहुने पत्र महानगरपालिकालाई पठाएको थियो । सो पत्रको वेवास्ता गर्दै मेयर महर्जनले महानगरपालिकाका कार्यकारी अधिकृत गणेश अर्यालयको उक्साहटमा पाटी बनाउन खोजेका हुन । कार्यकारी अधिकृत अर्यालले मेयरलाई फसाउन नचाहिदो काम गर्न उक्साएको महानगरपालिकाका कर्मचारीको आरोप छ ।
मेयर महर्जनले पाटी निर्माण गर्न ३० लाख रुपिया विनीयोजन गरेका छन् । गत आबको सो बजेट कार्यान्वयन नहुने देखेपछि मेयर महर्जनले स्थानीयलाई देखाएर नियम विपरित पाटी बनाउन खोजिरहेका छन् । सर्वोच्चले दिएको आदेश, जिल्ला प्रशसन कार्यालयको पत्र र भुमीसुधार तथा सहकारी मन्त्रालयको पत्र लुकाएर पहिला जहाँ पाटी थियो त्यही स्थानमा पाटी निर्माण गर्नुपर्छ भन्दै हिड्ने मेयर महर्जनलाई पाटी निर्माण गर्न शुरु गरे मानहानीमा मुद्धा दर्ता गर्ने तयारी भएको छ । सर्वोच्च अदालतले सडक विभागको मापदण्ड विपरीत नहुने गरि काम गर्न भनेको छ । तर, मेयर महर्जनले सर्वोच्चको आदेशलाई अपब्याख्या गरेका छन् ।
सडक डिभिजन ललितपुरले लेखेको पत्रमा भनिएको छ– ‘पार्टी समय फाल्चा सडकको केन्द्र विन्दुबाट ११÷११ मिटरभित्रको सरकारी जग्गाभित्र पर्ने भएकाले एवम् तपसिलको आधारले समेत निर्माण गर्न नमिल्ने भएकोले निर्माण कार्य नगर्नु नगराउनु हुन अनुरोध गरिन्छ–’, सडक डिभिजन ललितपुरले पत्रमा भनेको छ’ । ‘अन्यथा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही गरिने जानकारीमा उल्लेख गरेको छ ।




आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend