Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले स्थायी कमिटी बैठक बस्दै, दल दर्ता रोकेर एकताका लागि आह्वान गरिने


    सोमबार, भाद्र ७ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेकाे स्थायी कमिटी बैठक भोलि बस्ने भएकाे छ ।

    प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार भोलि बस्ने बैठकमा एकता पक्षधरका नेताहरु पनि  सहभागि हुँदै छन् ।

    एकता पक्षधरका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए । 

    साेहि बिषयमा छलफल गर्न उनीहरु सोमबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै भोलिको बैठक बोलाइएको एमाले प्रवक्ता ज्ञवालीले जानकारी दिए । 

    ज्ञवालीका अनुसार भोलिको बैठकबाट माधबकुमार नेपालकाे दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार