काठमाडाैं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले पार्टीको आसन्न महाधिवेशनमा सहमतिमा साझा उम्मेदवार उठाउने सहमति गरेका छन् ।
सोमबार विहान बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा पाैडेल पक्षकाे सभापतिका आकाङ्क्षीहरुबीच भएको छलफलमा सो सहमति भएको हो ।
आजको बैठकमा सभापतिको आकाङ्क्षी रहेका रामचन्द्र पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायतका नेताहरू उपस्थित थिए ।
नेता बलबहादुर केसीका अनुसार नेताहरुबीचको छलफलमा १४ औँ महाधिवेशनमा संस्थापन इतरबाट सहमतिमा साझा उम्मेदवार तय गर्ने विषयमा सहमति भएकाे छ ।
‘आगामी महाधिवेशनमा कसलाई उठाउँदा जित्न सकिन्छ, उनैलाई एकल उम्मेदवार बनाउने नेताहरूबीच सहमति नजिक पुगेको छ,’ उनले भने, ‘अब अर्को चरण बैठक बसेपछि कसलाई उठाउने भन्ने विषयमा विमर्श गरेर यसबारे ठोस टुङ्गो लाग्छ ।’
त्यस्तै, क्रियाशील सदस्यता विवादको विषयमा आफू पक्षीय जिल्ला सभापतिहरुले राखेको मागलाई सम्बोधन हुने गरी समाधान खोज्नुपर्ने पनि निष्कर्ष निकालेको छ ।
क्रियाशील सदस्यताको विषय टुङ्गो लगाउन कृष्ण सिटौला, मिनेन्द्र रिजाल, रमेश लेखेकबीच बैठक आज नै बस्दैछ । सो बैठकमा त्यही अनुसार कुरा राख्न मिनेन्द्र रिजाललाई जिम्मा दिइएको छ ।
काठमाडौं। निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले दायर गरेको रिटमाथि बहस सकिएको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा बहस सकिएको हो। दुवै पक्षका कानुन व्यवसायीको...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति कटाक्ष गरेका छन् । उनले रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि समाज उल्टोबाटोतिर...
काठमाडौँ । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले आफ्नो सचिवालयको फेसबुक पेजमार्फत उक्त...
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend