Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • अपहरण गरी दुई युवालाई भारत पुर्‍याएर फिरौती माग, प्रहरीद्वारा सकुशल उद्धार


    आइतबार, भाद्र ६ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । तीन दिनअघि मकवानपुरको हेटौंडाबाट अपहरणमा परेका दुई युवालाई प्रहरीले भारतमा फेला पारेको छ ।

    मकवानपुर प्रहरी अनुसार ३ गतेदेखि हराइरहेका मकवानपुरको हेटांँडा उपमहानगरपालिका–९ का २३ वर्षीय गोबिन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगरलाई शनिबार राति फेला पारेका हुन् ।

    शनिबार राति भारतीय प्रहरीको सहयोगमा मोतिहारीमा फेला पारेको मकवानपुरका डीएसपी जयश्वर रिमालले जानकारी दिए ।

    अपहरणमुक्त युवालाई आइतबार मकवानपुर ल्याइएको छ । उनीहरुलाई भारतीय नागरिकले अपहरण गरेको र ५ लाख भारु फिरौती माग गरेको डीएसपी रिमालले बताए । उद्धार गरिएका युवालाई आफन्तको जिम्मा लगाएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अपहरणमा संलग्नलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

    प्रहरी नायव उपरीक्षक रिमालका अनुसार तीन जना भारतीय नागरिकहरुले विभिन्न प्रलोभन देखाएर श्रेष्ठ र राना मगरलाई अपहरण गरेका थिए । अपहणकारीले उनीहरुको आफन्तसँग फोनमार्फत प्रतिव्यक्ति ५ लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए भने फिरौती नबुझाए उनीहरुको मृगौला बेचिदिने भन्दै यातना दिएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार