Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेलम्चीको केउरानीका ३४ घर पहिरोको जोखिममा


    आइतबार, भाद्र ६ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका-८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् ।

    स्थानीयवासी कान्छामान दोङका अनुसार गत सालदेखि नै पहिरो जान थालेका ठाउँमा यसपालि पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उनले बताए ।

    पटक–पटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उनले गुनासो गरे । वडा नम्बर ८ का वडाध्यक्ष ठकराज गिरीले उनीहरुलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताए । यसअघि जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उनको भनाइ छ ।

    वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराई प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाए । उनले भूगर्भविद्को टोली ल्याई बस्तीको अध्ययन गराउनुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार