काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाले घटेको हो ।
शुक्रबार प्रतितोला ९१ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १ हजार १ सय ८५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।