Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आइपुग्यो जापानले दिएको थप २ लाख ८ हजार एस्ट्राजेनेका खोप


    शनिबार, भाद्र ५ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जापान सरकारले अनुदानमा पठाएको कोरोनाविरुद्धको दुई लाख डोज खोप आज  नेपाल आइपुगेको छ । जापान सरकारले १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये आज शनिबार २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको हो ।

    यस अगाडी नै  ९ लाख डोज खोप प्राप्त भइसकेको छ । बाँकी खोप सोमबारसम्ममा  नेपाललाई  प्राप्त हुने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

    नयाँ सरकार बनेपछि अहिलेसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले खोप लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअघि ३६ लाखले मात्रै कोरोनाविरुद्धको खोप पाएका थिए ।

    <iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FJPNInNepal%2Fposts%2F1190515601443136&show_text=true&width=500″ width=”500″ height=”843″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share”></iframe>

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार