Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • बागमती प्रदेश सांसद शान्ति पौडेल माधव नेपालकै पक्षमा 


    शुक्रबार, भाद्र ४ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशसभाका सदस्य तथा नेकपा एमालेका निर्वाचित अध्यक्ष शान्तिप्रसाद पौडेलले माधव नेपालकै पक्षमा रहेको स्पष्ट पारेका छन् । रामेछापको प्रदेश क’ बाट निर्वाचित सांसद पौडेलले अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्तिका बारेमा दिएको प्रतिक्रियालाई तोडमोड गरी ‘माधव नेपाललाई छाडे’ भनेर केही अनलाइनले समाचार प्रकाशित गरेकोमा उनले आपत्ति जनाएका छन् ।

    सांसद पौडेलले भने–‘म टीम छाडेर जाने कुरा कल्पना पनि गर्न सक्दिनँ, आजसम्म आफ्नो टीमसँग छलफल र सल्लाह गरेर मात्र निर्णय गर्दैआएको छु । साथ दिने टीमका साथीहरुलाई छाडेर जाने कुरा संभव छैन ।’

    शुक्रबार साँझ नेपाल फेससँगको कुराकानीमा पौडेलले भने–मुख्यमन्त्री नियुक्ति पार्टीका दुवै पक्षको समर्थनमा भएको हो । पार्टी विभाजन हुनु राम्रो होइन भनेको हुँ । मैले माधव नेपाल छाडेको भनेकै छैन । तर भन्दै नभनेको बिषयमा समाचार बनाएकोमा मेरो आपत्ति छ । बोल्दै नबोलेको बिषयमा प्रोपोगान्डा गरियो ।’ 

    पौडेल भन्छन्– पार्टी विभाजन हुनु राम्रो होइन भन्ने कुरामा म अडिग छु, माधव नेपाल पनि पार्टी एकताकै पक्षमा हुनुहुन्छ । तर एक्लौटी ढंगले पार्टी चलाउने र निषेध गर्ने गरेपछि विभाजनको अवस्था आएको हो ।

    अवसरका लागि जुन हदसम्म पनि जान तयार हुनेहरुको भीडमा शान्ति पौडेल एक अपवाद हुन् । भद्र स्वभावका कम बोल्ने पौडेल पार्टीमा सधैं ब्यक्तिवादका आलोचक मानिन्छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार