Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • महन्थ ठाकुरकाे पार्टीकाे नयाँ नाम लोकतान्त्रिक समाजवादी पार्टी, वरिष्ठ नेतामा शरतसिंह भण्डारी


    शुक्रबार, भाद्र ४ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने  देखेपछि महन्थ ठाकुर पक्षले पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने भएकाे छ ।

    सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने भएपछि ठाकुरले निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् ।

    सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

    अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको छ ।

    साथै कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाइएको नेता झाले जनकारी दिए । साथै शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेतामा राखिएको छ । यसअघि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो वरिष्ठ नेता थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार