Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुम्भेश्वर मन्दिरको जिर्णोद्धार, प्रधानमन्त्री देउवाद्वारा अनावरण


    शुक्रबार, भाद्र ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ललितपुर । नेपाली कांग्रसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कुम्भेश्वर (सर्वेश्वर) मन्दीरको उद्घाटन गरेका छन् ।

    वि सं २०७२ सालको शक्तिशाली भुकम्पले क्षतिग्रस्त मन्दीर परिसरमा कुम्भेश्वर महादेव र मन्दीरको गजुरको पुजा गरी मन्दीरको उद्घाटन गरेका छन्  ।

    पाँचतले सो मन्दीरको कुम्भेश्वर महादेवका पुजारी माधव श्याम शर्माले मन्त्रो उच्चारण गरेका थिए । बिहान ११ बजेको शुभ साइतमा प्रधानमन्त्री र पत्नी आरजु देउवा राणाले पुजा अर्चना गरेका थिए ।

    बैशाख १२ र २९गते आएको भुकम्पले मन्दीरको तीन तला क्षतिग्रस्त भएको थियो । यसअघि नेपाली कांग्रेसका सभापतिको हैसियतमा वि सं २०७४ साल बैशाख ३० गते प्रम देउवाले नै मन्दीरको क्षमा पुजा गरेका थिए । क्षमापुजा गरी जिर्णोद्धार शुरु गरेको ४ वर्षपछि मन्दीरको पुननिर्माण सम्पन्न भएको हो ।

    236347240_217582723522609_1311751457673333810_n.jpg

    मन्दीर जिर्णोद्धार समितिका संयोजक एवं कुम्भेश्वर टोल सुधार समितिका संयोजक अरोजकुमार खड्गीले करिब २ करोड ८२ लाख रुपिया लागतमा जिर्णोद्धार सम्पन्न भएको जानकारी दिएका छन् । उनले भने–‘लक डाउन र निर्माण समाग्रीको अभावको कारण जिर्णोद्धारमा ढिलाई भएको बताए ।

    समितिको निरन्तर सहयोगको कारण ठेकेदार कम्पनीले समयमै काम सम्पन्न गरेको संयोजक खड्गीको भनाई छ । पुरातत्व विभागले धर्मएस तुल्सी ड्रामा जेभि ललितपुरलाई ठेक्का दिएको थियो ।

    मन्दीर जिर्णोद्धार समितिको संयोजकहरुमा टोल सुधार समितिका अरोजकुमार अध्यक्ष खड्गी, कुम्भेश्वर मन्दीरका पुजारी माधव श्याम शर्मा र वंगलामुखी मन्दीरका द्योपाला पुष्प कपाली रहेका थिए ।

    236408800_2980231432193082_7704809721359723715_n.jpg

    उद्घाटन समारोह अवधीभर कार्यक्रममा मन्दीरका भजन मण्डलले परम्परागत बाजा बजाएका थिए । मन्दीर उद्घाटन लगत्तै प्रधानमन्त्री देउवा र प्रधानमन्त्री पत्नी आरजु देउवाले लगायत कुम्भेश्वर मन्दीर परिसरमा रहेको वंगलामुखी, लगायत मठ मन्दीरको दर्शन गरेका । पुजा पछि  देउवाले निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गर्नुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार