Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झण्डै डेढ लाख नगद र लागुऔषधसहित युवक पक्राउ


    शुक्रबार, भाद्र ४ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले झण्डै डेढ लाख नगद र लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१२ ऐरीका २० वर्षीय सुदर्शन भारती हुन् ।

    भारतीको साथबाट एक लाख ४१ हजार नगद, १४.६७ ग्राम लागुुऔषध खैरो हिरोइन र ८.५० ग्राम चरेश बरामद गरिएको न्यौपानेले बताए ।

    भारतीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार