काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माको बढुवा गरेको छ ।
बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम प्रधानसेनापति समेत रहेका शर्मालाई महारथी पदमा पदोन्नती गरेकाे हो ।
शसरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे हाे ।