काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १६ हजार ४३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ११ हजार ९४६ जनाको पिसिआर र ४ हजार ४९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
त्यस्तै, २ हजार १२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
यसको संक्रमणबाट थप ३३ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ ।
हाल सक्रिय संक्रमित ४० हजार ५ सय छन् ।
यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ८६७ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा ६३९, भक्तपुरमा १०१ र ललितपुरमा १२७ जना संक्रमित थपिएका हु ।