काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले घटेको हो ।
बुधबार प्रतितोला ९१ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १ हजार १ सय ८० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।