Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस फेरि आत्मघाती र फोहारी बाटोमा हिँड्यो, यो शुभ संकेत होइन : कमल थापा


    बिहिबार, भाद्र ३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाली कांग्रेस पुन:आत्मघाती र फोहोरी बाटोमा हिँडेको टिप्पणी गरेको छन् । 

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा बुधबार राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि सो अध्यादेशले दलीय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित भएको भन्दै अध्यक्ष थापाले यस्तो टिप्पणी गरेका हुन्। 

    बिहीबार विहान सामाजिक संजालमार्फत् अध्यक्ष थापाले अध्यादेश जारी हुनु शुभ संकेत नभएको व्याख्या समेत गरेका छन्। 

    उनले लेखेका छन्, ‘संविधानको धारा ७६(५) प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ। कंग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो। यो शुभ संकेत होइन।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार