Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेलम्ची बाढीले फेरि विध्वंस, थप तीन घर बगायो, अन्य घर र बाटोसमेत जोखिममा


    बुधबार, भाद्र २ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मेलम्ची । अविरल वर्षासँगै गए राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ ।

    मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । उनले स्थानीयवासी  कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिए । थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ ।

    यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

    गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ । गत असार १, साउन १६ पछिका निरन्तर बाढीले पाँच जनाको अकालमा मृत्यु भएको छ भने छ घाइते र २० बेपत्ता छन् । मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जोखिममा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार