Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सङ्गठन पुनर्गठनतिर माओवादी केन्द्र


    आइतबार, साउन ३१ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तल्लो तहदेखि नै सङ्गठन पुनर्गठनमा लागेको छ । नेकपा विभाजनपछि पूर्ववत् दलको हैसियतमा फर्किएपछि माओवादी केन्द्र सङ्गठन पुनर्गठनमा लागि परेको छ । 

     पार्टी केन्द्रले देशभरका वडा कमिटी पुनर्गठन गर्न गरेको निर्देशनानुसार यहाँ पनि वडा तहका सबै कमिटीले पूर्णता पाएका छन् । पचासी वटै वडामा नयाँ कमिटी बनेको माओवादी केन्द्रका जिल्ला सचिव ज्ञामनाथ गैरेले जानकारी दिएका छन् । एकतापछिको नेकपा छँदा एमाले र माओवादी केन्द्र समायोजित भएर केन्द्रदेखि वडासम्म पार्टी कमिटी गठन भएका थिए । त्यसबेला एउटा पार्टीबाट अध्यक्ष र अर्कोबाट सचिवमा चुनिएका थिए । वडामा पनि त्यही प्रकृतिको कमिटी क्रियाशील थियो ।

     नेकपा विभाजनपछिको नयाँ स्थितिमा पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै गति प्रदान गर्न पुनर्गठनमा जानुपरेको सचिव गैरेले बताए । “नेकपाको नेतृत्वमा रहनुभएका साथी अहिलेको कमिटीमा पनि कायमै छन् ”, उनेले भने, “रिक्त रहेका पदमा नयाँ साथीले जिम्मेवारी पाएका छन् ।”

     सचिव गैरेले साङ्गाठनिक जग बलियो नभएसम्म पार्टी अगाडि बढ्न नसक्ने भन्दै त्यसका लागि गाउँ फर्किनुपर्ने बततएका छन् । कमिटी पुनर्गठनका क्रममा अन्य दल परित्याग गरी आएकालाई पनि एकताबद्ध गरिएको माओवादी केन्द्रले जनाएको छ । वडामा बढीमा २९ सदस्यीय कमिटी बनाउन पाउने प्रावधान पार्टी केन्द्रले तोकेको छ । 

     आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा वडा तहका कमिटी पुनर्गठनको प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ । वडासँगै स्थानीय तह, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहसम्मको पार्टी सङ्गठनलाई पुनर्गठन गर्ने तयारीमा माओवादी केन्द्र छ ।

     माओवादी केन्द्रको जैमिनी नगरपालिका–८ छिस्ती वडा कमिटीका अध्यक्ष प्रकाश पौडेलले पार्टीको जनाधार मजबुत पार्न तल्लो तहका कमिटी सक्रिय हुनुपर्ने बताएका छन् । उनले पार्टी पुनःसंरचित हुँदा त्यसले गतिशीलता प्राप्त गर्ने विश्वास व्यक्त समेत ब्यक्त गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार