काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले एकपछि अर्को सत्ता गुमाउँदै गएको छ ।
गत निर्वाचनमा अभूतपूर्व शक्तिसहित संघ र प्रदेशमा सरकार बनाएको एमालेले नेकपा विघटनको पाँच महिनामै संघ, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सत्ता गुमाएको हो ।
बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि एमाले नेतृत्वको सरकार अब प्रदेश नं १ र वाग्मतीमा मात्रै बाँकी छ ।
पछिल्लो समय पार्टी भित्रको आन्तरिक द्वन्द र अध्यक्ष केपी शर्मा ओलीको अहमताले गर्दा एमालेले सत्ता गुमाउँदै गएको देखिएको छ । गत निर्वाचनमा एक भएका एमाले र माओवादी अहिले छुट्टै कित्तामा छन् ।
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा रहँदा प्रतिनिधिसभाको दुईदुई पटक विघटन गरेपछि संघमा उनलाई सत्ताच्युत गर्न पार्टीकै वरिष्ठ नेता माधवकुमार नेपालको पक्षले निर्णायक रोल खेलेको थियो । ओलीलाई सत्ताबाट बहिर्गमन गर्नकै लागि नेपाल पक्षले कांग्रेस, माओवादी केन्द्र र जसपासँग गठबन्धन नै बनाएको थियो । अहिले ओलीपक्षीय मुख्यमन्त्री रहेको प्रदेश १ र वाग्मतीमा पनि नेपाल पक्ष निर्णायक अवस्थामा छ ।
तत्कालीन नेकपा विवादको असर अहिले सबैतिर देखिएको छ। अध्यक्ष ओली र नेता नेपालबीको आन्तरिक द्वन्दका कारण दुई तिहाइ बहुमतसहित सत्तारोहण गरेका ओलीले साढे ३ वर्षमै सत्ताबाट बाहिरिनुपर्यो ।
गत जेठ ८ मा दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनको निर्णयलाई जेठ २८ मा सर्वोच्च अदालतले बदर गरेपछि ओली प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा छन् । आफ्नै पार्टीको सरकार ढालेको भन्दै ओली–नेपाल पक्षप्रति आक्रोशित छन् । यसले एमालेको आन्तरिक एकता प्रक्रियालाई जटिल बनेको छ।
ओली सत्ताबाट बहिर्गमन हुनु एक महिना अघि गण्डकीका पृथ्वीसुब्बा गुरुङको मुख्यमन्त्री पद गुमेको थियो । कांग्रेस, माओवादी, जनमोर्चा, जसपा र स्वतन्त्र सांसदले गठबन्धन बनाएपछि गण्डकी प्रदेशमा गुरुङ अल्पमतमा पुगेका थिए । गण्डकीमा जेठ २९ देखि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने माओवादी केन्द्रका मुख्यमन्त्रीलाई एमालेको नेपाल पक्षका सांसदले विश्वासको मत दिएका छन् ।
प्रदेश–२ मा एमाले सुरुदेखि नै सत्तामा छैन । एमालेभित्र अन्तरविरोध बढ्दै गए वाग्मती र प्रदेश १ को सत्ताबाट पनि ओली पक्ष बाहिरिने अवस्था छ । सत्ता गठबन्धनले ओली सरकारका पालामा नियुक्त प्रदेश प्रमुख पनि हेरफेर गरिरहेको छ । जसमा साउन १२ मा लुम्बिनी प्रदेशमा धर्मनाथ यादवलाई हटाएर अमिक शेरचन तथा गण्डकीमा सीताकुमारी पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई प्रमुख बनाइएको छ । सरकारले अन्य प्रदेश प्रमुख पनि हेरफेरको कार्यसूची बनाएको छ । ओलीका पालामा भएका राजनीतिक नियुक्ति पनि देउवा सरकारले उल्ट्याउँदै छ ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend