Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुढानिलकण्ठ नगरपालिकाका प्राबिधिक पौडेल ७२ हजार घुससहित पक्राउ


    शुक्रबार, साउन २२ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा बुढानीलकण्ठ नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा काठमाडौँस्थित बुढानीलकण्ठ नगरपालिकाका प्राबिधिक विनोद कुमार पौडेल रहेका छन् ।

    आयोगका अनुसार सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्नपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७२ हजार घुस माग गरिरहेको सूचनाका आधारमा खटिएको टोलीले पौडेललाई पक्राउ गरेको हो ।

    पौडललाई सेवाग्राहीसँग ७२ हजार घुस लिइसकेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका वडा नं. ६ स्थित सव्रिना होटलबाट शुक्रबार नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

    पक्राउ परेका पौडेलमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार