Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सबै नागरिकलाई जतिसक्दो चाँडो खोप उपलब्ध गराउन राष्ट्रपति भण्डारीकाे जाेड


    शुक्रबार, साउन २२ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताएकी छिन् ।

    नेपाल चिकित्सक सङ्घले आज राष्ट्रपति कार्यालयमा आयोजना गरेको महिला चिकित्सक सम्मान कार्यक्रममा संविधानले मौलिक हकको रूपमा राखिएको स्वास्थ्य सेवाको कार्यन्वयन गरी सबै नागरिकलाई स्वास्थ्य सेवा पुर्याउनुपर्ने बताइन । उनले भनिन्, ‘चिकित्सा शिक्षालाई सर्वसुलभ बनाई नागरिकको पहुँचभित्र पुर्यान आग्रह गर्दै राष्ट्रपति भण्डारीले सबै नागरिक समक्ष स्वास्थ्य सेवाको पहुँच पुर्याउन राज्यको दायित्व हो’ ।

    कोभिड–१९ को महामारीको रोकथाम र नियन्त्रणका गर्दैगर्दा नयाँ-नयाँ प्रजातिको भाइरस देखापरेको भन्दै उनले भनिन्, ‘कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने ठूलो जनशक्ति महिला स्वास्थ्यकर्मी भएकाले कोभिड–१९ विरुद्ध लड्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सरसफाइकर्मीप्रति सम्मान छ ।’

    आजको समयमा नेपाली महिलाको ठूलो हिस्सा घरायसी कामकाजमा सिमित हुनुपर्ने अवस्था अझै रहेको भन्दै राष्ट्रपति भण्डारीले थोरै सङ्ख्यामा महिला व्यवस्थापिका र नेतृत्व तहमा पुगेको बताइन । ‘यस्तो स्थितिमा पनि महिलाले चिकित्सा र स्वास्थ्य क्षेत्रलाई कार्यक्षेत्र बनाउनु सराहनी हो’, उनले भनिन, ‘महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्न सरकारले आफ्ना नीति तथा कार्यक्रममा सुधार गरे पनि प्रर्याप्त छैन । अझ सुधार गर्नुपर्दछ ।’

    यस्तै, राष्ट्रपति भण्डारीले स्वास्थ्य कार्यक्षेत्रमा लागि नेपालको दूरदराजका जनतालाई स्वास्थ्य सेवा पुर्याएको महिला चिकित्सकलाई धन्यवादसमेत दिइन् । कमजोर पहुँचका कारण नेपाली महिलाले धेरै समस्या झेल्नुपरेको भन्दै राष्ट्रपति भण्डारीले मातृशिशु, कुपोषण, रक्तअल्पता, घर परिवारमा अन्य सदस्य बिरामी पर्दा वहन गर्नुपर्ने जिम्मेवारीजस्ता कारणले महिला स्वास्थ्यमा विशेष प्राथमिकतापूर्ण व्यवहार आवश्यक रहेको बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार