बुटवल। वरिष्ठ लेखक एवं नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नैतिकतामाथि प्रश्न गरेका छन् ।
मुख्यमन्त्री एवं नेकपा एमालेका नेता पोखरेलले आफ्नो पक्षमा बहुमत पुर्याउन प्रदेशसभा सदस्य बिमला वलीलाई ‘अपहरण’ गरेकोप्रति कटाक्ष गर्दै संग्रौलाले उनको नैतिकता र नियमतमाथि प्रश्न उठाएका हुन्।
पछिल्लो केही दिनदेखि सम्पर्कविहीन भएकी खत्रीले बिहीबार पत्रकार सम्मेलन गरेर आफूलाई एमालेका नेताहरुले मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमालेमा हस्ताक्षर गर्न लागेको बताएकी थिइन्।
यस्तै बिषयमा कटाक्ष गर्दै लेखक संग्रौलाले सामजिक संजालमार्फत् लेखेका छन्, ‘ल हेर शंकर पाेखरेलकाे चर्तिकला ! लुम्बिनी प्रदेशसभा सदस्य माओवादी विमला वलीलाई अपहरण गरी आफ्नाे निवासमा थुनेर एमाले भइदिन जबर्जस्ती गरेछन्। शंकर सरकाे याे पराक्रममा राजनीतिक षड्यन्त्रसँगै नैतिक नियत गाँसिन गयाे। तैपनि यी वीर निर्लज्ज मुद्रामा मुख्यमन्त्रीकाे गद्दीमा किन बसिरा हुन् ?’
ल हेर शंकर पाेखरेलकाे चर्तिकला!लुम्बिनी प्रदेशसभा सदस्य माओवादी विमला वलीलाई अपहरण गरी आफ्नाे निवासमा थुनेर एमाले भइदिन जबर्जस्ती गरेछन्।शंकर सरकाे याे पराक्रममा राजनीतिक षड्यन्त्रसँगै नैतिक नियत गाँसिन गयाे।तैपनि यी वीर निर्लज्ज मुद्रामा मुख्यमन्त्रीकाे गद्दीमा किन बसिरा हुन्?
— Khagendra Sangroula (@belakoboli) August 6, 2021
यता सांसद वलीले आफूलाई ‘बन्धक’ बनाएर जबर्जस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको आराेप लगाए लगत्तै प्रदेश सभाका मुख्य सचेतक भूमिश्वर ढकालले उनकै राजीखुसीमा दाङबाट मुख्यमन्त्री शंकर पोखरेलको निवासमा पुर्याएको दाबी गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend