Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्य मन्त्रालयको प्रक्षेपण: आगामी पाँच महिनामा लगभग २ लाख नयाँ संक्रमित थपिने


    बिहिबार, साउन २१ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पाँच महिनामा लगभग २ लाख नयाँ संक्रमित थपिने  प्रक्षेपण गरेकाे छ  ।

    मन्त्रालयले साउन महिना पछाडि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जानसक्ने बताउँदै उक्त  प्रक्षेपण गरेकाे हाे । 

    सरकारले नेपालका अनुसार कुल जनसंख्याको १३ दशमलव ५ प्रतिशतमा कोरोना परीक्षण भएकोमा २ दशमलव ६ प्रतिशतमा कोभिड संक्रमण भएको छ ।

    स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीका अनुसार साउन २० सम्म नेपालमा कुल जनसंख्याको २ दशमलव ६ प्रतिशतमा कोभिड संक्रमण भएको छ । जसअनुसार ७ लाख ६९ हजार नौ सय २२ जना छन् । 

    डा.लोहनीले कोभिड १९ संक्रमित हुनेमध्ये ९ हजार नौ सय ५७ जनाको मृत्यु भएको छ ।  त्यस्तै साउन २० गतेसम्म नेपालमा कोरोना खोपको पहिलो मात्रा लगाउनेको संख्या ४२ लाख ९७ हजार ६ सय १२ जना रहेको र पूर्ण खोप प्राप्त गर्ने संख्या २० लाख ७४ हजार रहेको छ । 

    त्यस्तै सरकारले अबको ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार