Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २ किलो सुनसहित ३ जना पक्राउ


    बुधबार, साउन २० २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै २ किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै २ किलो सुनसहित साकिर अलीसहितका ३ जनालाई नियन्त्रणमा लिएको हो ।  

    बिभिन्न देशबाट भन्सार छली गरी अवैध रुपमा सुन नेपालमा ल्याउने गरेको सूचनाका आधारमा महाशाखाको टोलीले  सिनामगंलमा रहेको मिर्चैया मल्हनिया गेष्टहाउसको कोठा नम्बर २०२ मा खानतलासी गरेको थियो । जुन कोठामा भारतीय नागरिक २७ बर्षय साकिर अली, २८ बर्षीय अब्दुल सतार र २४ बर्षीय प्यार मोहम्मद थिए । खानतलासीका क्रममा उक्त सुन बरामद भएको थियो ।

      प्रहरीको प्रारम्भिक अनुसन्धानमा बैदेशिक रोजगारीबाट नेपाल फर्कने व्यक्तिहरुलाई प्रयोग गरी उनीहरुले बिभिन्न घरायसी प्रयोजनका सामानहरुमा लुकाई छिपाई, जलप लगाई स्वरुप समेत परिवर्तन गरी  भन्सार छली सुन ल्याउने ल्याउने गरेको पाइएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार