Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेलम्चीमा बाढीको बितण्डता (हेर्नुहोस् तस्बिरहरु)


    मंगलबार, साउन १९ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक। मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए  हो ।

    एसपी अधिकारीका अनुसार शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको हो। 

    यस्तै, बाढीले चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, मेलम्ची–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी  पुल जोखिममा परेका छन् ।

    हेर्नुहोस् मेलम्ची नदीमा दोस्रोपटक आएको बाढीले निम्त्याएको बितण्डता : फोटो / निकेश भट्टराई 

    1.jpg

    2.jpg

    3.jpg

     

    6.jpg4.jpg

    5.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार