Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीको अडिटोरियम हलको एसी बिग्रिंदा परीक्षार्थीलाई मार, पसिना काढ्दै दिए प्रिस्याट परीक्षा 


    आइतबार, साउन १७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयकोअडिटोरियम हलमा जडान गरिएको एयर कन्डिसन एक बर्ष नपुग्दै बिग्रिएका कारण शनिबार शान्ति मिसनका लागि प्रि स्याट परीक्षामा सहभागी करिब ५ सय परीक्षार्थीहरु गर्मीले बेचैन हुनुपरेको थियो । गर्मीले खलखल पसिना काढ्दै उनीहरु परीक्षा दिन बाध्य भएका छन् ।

    शनिबार काठमाडौंमा अत्यधिक गर्मी थियो । चर्काे घाम लागेको र जस्ताको छानो भएको हलमा एसी पनि नहुँदा परीक्षार्थीहरुलाई खपिनसक्नु गर्मीले पसिनाका धारा छुटेका थिए । लेखिरहेको उत्तरपुस्तिकामै पसिना चुहिने अवस्थामा परीक्षा दिनुपरेको प्रि स्याटमा सहभागी एक परीक्षार्थीले बताएका छन् ।

    नेपाल प्रहरीको अडिटोरियम हलमा एसी जडान भएको एक बर्ष पनि भएको छैन । २ करोडको एसी एक बर्ष पनि नहुँदै बिग्रिदा पनि आपूर्तिकर्तालाई प्रहरीको प्राविधिक निर्देशनालयले भुक्तानी दिइसकेको छ ।

    अडिटोरियम हल ३५ प्रतिशत निर्माण नहुँदै तत्कालीन आईजीपी सर्वेन्द्र खनालले २०७६ माघ २८ गते उदघाटन गरेका थिए । शिलालेखमा नाम लेखाउनकै लागि उनले ३५ प्रतिशत निर्माण नहुँदै उद्घाटन गरेका थिए । खनालले शिलालेखमा नाम राख्नका लागि मात्र हतार हतार उदघाटन गरेका थिए ।  

    खनालपछिका ५ महिने आईजीपी ठाकुरप्रसाद ज्ञवालीले उक्त हल प्रयोग नै गर्न नपाई अवकाश भए । शैलेश थापा क्षेत्री आएको करिब १ वर्ष पुग्दा पनि उक्त हलको पूर्णतया निर्माण सम्पन्न भएको छैन । निर्माण पूरा नहुँदै हलमा जडान भएका एसी र साउण्ड सिस्टम बिग्रिसकेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार