Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेलम्चीमा फेरि बाढी, सतर्क रहन प्रशासनको आग्रह


    आइतबार, साउन १७ २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । जिल्लाको मेलम्ची क्षेत्रमा फेरि बाढी आएको छ ।

    मेलम्ची नदीमा पानीको सतह बढेपछि चनौटे बजारको बीच भागबाटै पानी बग्न थालेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

    ‘हेलम्बुभन्दा माथि फेरि पहिरो गएको छ । कुन ठाउँमा पहिरो गयो भन्नेबारे यकिन भएको छैन, पोखरेलले भने, ‘बाढी प्रभावित मेलम्चीका स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको छ ।’

    शनिबार बेलुका एक्कासि मेलम्ची नदीमा बाढी आएपछि तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको थियो । हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको हुनसक्ने अनुमान गरिएको छ।

    यसअघि गत असार १ गतेको बाढीले क्षति पुर्याएको भागबाट नै नदी बगेको हो । बाढीका कारण मेलम्ची, हेलम्बुलगायत क्षेत्रमा ठूलो नोक्सानी भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार