Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सैनिक कल्याणकारी कोषको कूल सम्पति रु ५९ अर्ब ९५ करोड ८० लाख


    शुक्रबार, साउन १५ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सैनिक कल्याणकारी कोषको यथार्थ सम्पति रु ५९ अर्ब ९५ करोड ८० लाख पुगेको छ ।

    कोषमा विसं २०७७ असार मसन्तसम्म नगद मौज्दात रु ४५ अर्ब ८६ करोड ८० लाख रहेकामा यस वर्ष १८ प्रतिशत अर्थात रु आठ अर्ब २५ करोड ९५ लाखले वृद्धि भई रु ५४ अर्ब १२ करोड ७५ लाख ८० हजार पुगेको छ ।

    सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा विभिन्न निकायमा गत असार मसन्तसम्म गरिएको रु पाँच अर्व ८३ करोड १४ लाख लगानीसमेत समावेश गर्दा यथार्थ सम्पति रु ५९ अर्ब ९५ करोड ८० लाख पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिनुभयो ।

    नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट विस २०३२मा स्थापना सैनिक कल्याणकारी कोषको स्थापना भएको हो ।

    ‘बहुजन हिताय ः बहुजन सुखाय’ आदर्श वाक्य रहेको कोषबाट सेनाका बहालवाला, अवकासकाप्राप्त सैनिक तथा तिनका आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत र आवास, बीमा, सीप र स्वरोजगारका कार्यक्रम सञ्चालन हुँदै आएको छ । उक्त कोषबाट नौ लाख हिताधिकारी लाभान्वीत भइररहेको जानकारी दिइएको छ । कोषबाट सञ्चालित विभिन्न कार्यक्रममार्फत वार्षिकरुपमा सरकारलाई रु ४५ करोड राजश्व र रु १६ करोड विदेशी मुद्रा सञ्चितिमा योगदान पुगिरहेको जानकारी दिइयो । कोषको रकम मध्ये ९९.३५ प्रतिशत क वर्गका बाणिज्य र बाँकी ख वर्षका विकास र अन्य वित्त कम्पनिमा निक्षेप रहेको सो अवसरमा जानकारी दिइयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार