Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ईश्वर पोखरेल भन्छन्: नेपाल पक्षले राखेको दुई अध्यक्ष रहने प्रस्ताव स्वीकार गर्न सकिदैन


    शुक्रबार, साउन १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् ।

    शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को खीर खाने कार्यक्रममा महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेका दोस्रो अध्यक्षको प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको उल्लेख गर्दै स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएका हुन् ।

    महासचिव पोखरेलले कार्य दलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा आफूहरुको जोड रहेको पनि स्पष्ट पारे ।

    उनले पार्टीभित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिदैं त्यसका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्न महासचिव पोखरेलले नेपाल पक्षसँग आग्रह समेत गरेकाे छ ।

    महासचिव पोखरेलले पार्टी एकताको विषयलाई टुंग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारीसमेत दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार