Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा फेरि बढ्दै कोरोना संक्रमण, निकाे हुने भन्दा संक्रमितकाे संख्या दाेब्बर


    शुक्रबार, साउन १५ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन् ।

    शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । तीमध्ये ९ हजार ८३४ जनाको मृत्यु भएको छ भने ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् । जसमध्ये २७ हजार ८२० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८६जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार