Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रीमानको ‘पोर्न फिल्म’ प्रकरण : अभिनेत्री शिल्पा शेट्टीद्वारा मानहानीमा २५ करोड क्षतिपूर्ति माग्दै अदालतमा मुद्दा


    शुक्रबार, साउन १५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । बलिउड अभिनेत्री शिल्पा सेट्टीले केही सञ्चारमाध्यममा प्रकाशित भएका समाचारहरूले आफ्नो मानहानी गरेको भन्दै त्यसविरुद्द अदालत गएकी छिन् ।

    टाइम्स अफ इन्डियाका अनुसार अभिनेत्री शिल्पाले पछिल्लो समय विभिन्न मिडियामा प्रकाशित समाचार र भिडिओले अफवाह फैलाएको र मानहानी गरेको भन्दै बम्बै हाइकोर्टमा मुद्दा हालेकी हुन्।  

    अभिनेत्री शिल्पाका श्रीमान तथा व्यापारी राज कुन्द्रा अश्लील चलचित्र बनाएको र प्रसारण गरेको आरोपमा  पक्राउ परेपछि शिल्पाका बारेमा समाचार माध्यमहरुले समाचार प्रकाशित गरेका थिए। 

    सोही विषयमा आफूलाई जोडेर आधारहीन समाचार र भिडिओ  मिडियामा आएकाले तिनलाई हटाउनु पर्ने, सम्बन्धित मिडियाले माफी माग्नुपर्ने र आफूलाई २५ करोड भारु क्षतिपूर्ति दिनु पर्ने भन्दै शिल्पाले मुद्दा हालेकी हुन्।

    श्रीमानमाथि लागेको आरोपमा आफ्नो कुनै संलग्नता नरहेको भए पनि झुठो समाचार आइरहेकाले समाज, प्रशंसक र परिवारमा आफ्नो छवि धुमिलिएको शिल्पाले बताएकी छन्।

    अघिल्लो साता कुन्द्रालाई मुम्बई प्रहरीले पक्राउ गरेपछि शिल्पाका बारेमा लगातार समाचार आइरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार