Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कालीगण्डकीमा पौडी खेल्न गएका दुई बालक बेपत्ता


    शुक्रबार, साउन १५ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाग्लुङ । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक र सोही स्थानका १३ वर्षीय यमबहादुर पुन बेपत्ता भएका हुन् ।

    उनीहरु बिहीबार दिउँसो करिब १ः०० बजेको समयमा पौडी खेल्न कालीण्डकी किनारा निरयघाट गएको प्रनाउ हवारीले बताए । 

    चार जना बालक पौडी खेल्न गएकामा अन्य दुई जना प्रश्न विक र विशन पुन भने सम्पर्कमा आएका थिए । बेपत्ता दुई बालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

    खोजीकार्यमा विपद् व्यवस्थापन गुल्म बागलुङ परिचालन गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार