Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टोकियो ओलम्पिक २०२० : नेपालको यात्रा समाप्त, पहिलो चरणबाटै बाहिरिइन् चौधरी


    शुक्रबार, साउन १५ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। जापानको टोकियोमा जारी ओलम्पिक खेलमा सहभागी सबै नेपाली खेलाडी बाहिरिएका छन्। 

    आज (शुक्रबार) बिहान भएको अन्तिम प्रतिस्पर्धामा एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन्।

    चौधरीले महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन्। उनले निर्धारित दूरी १२ दशमलव ९१ सेकेन्डमा पूरा गरेपनि अघिल्लो चरण पुग्न असफल रहिन्। 

    सरस्वती आफ्नो हिटमा ९ जनामा आठौं स्थानमा रहिन्। ओलम्पिकमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ती मध्ये कुनै खेलाडी पनि दोस्रो चरणमा पुग्न सकेनन्। 

    यसअघि पौडीका एलेक्जेन्डर शाह (एलेक्स), गौरिका सिंह, र सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाएका थिए  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार