Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले एमालेको अध्यक्षबाट राजीनामा दिनुपर्छ : दीपक जीएम


    बिहिबार, साउन १४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपालका महासचिव दिपक जिएमले पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने सुझाव दिएका छन् ।

    अहिलेको राजनीतिक दुर्घटना पार्टी अध्यक्ष ओलीकै कारण भएको आरोप लगाउँदै महासचिव जिएमले अध्यक्ष ओलीले यथाशिघ्र राजिनामा दिएर पुनः पार्टी निर्माणका लागि मार्गप्रस्त पार्न सुझाव दिएका छन् ।

    ‘ओलि जिले कुन कुन पदबाट हो, यथाशिघ्र राजिनामा दिएर पुनः पार्टी निर्माणका लागि मार्गप्रस्त पार्न हुन सुझाव दिन चाहन्छु’ महासचि जिएमले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

    उनले अगाडी लेखेका छन्, इतिहासमा नैतिकता थियो, नैतिकता जिवित रहनु पर्छ । दशरथ रंगशालामा भाग दौडमा मान्छे मर्दा शिक्षामन्त्रीले, जाहाज दुर्घटना हुदा पर्यटनमन्त्रीले, ०६४ को निर्वाचनमा सिट कम आउदा एमाले पार्टी महासचिवले नैतिकताको आधारमा राजिनामा दिएको उदाहरण धेरै छन् ।’

    यी उल्लेखित दुर्घटना व्यक्ती विशेष कसैको चाहानाले भएको थियो त ? भन्ने प्रश्न गर्दै उनले अहिलेको भएको राजनीतिक दुर्घटना के हो ? यो दुर्घटना नितान्त कस्का कारणले भयो ? तपाईं हामिले बुझ्न जरुरी रहेको उल्लेख गरेका छन् ।

    एमाले पार्टी हजारौं कार्यकर्ता र लाखौं समर्थकहरुको मेहनतले निर्माण भएको जनाउँदै उनले ओलीको दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्ने चाहना असंवैधानिक हो भन्दै सर्वोच्च अदालतले पुनस्र्थापना गरेपछि पार्टीमा संविधान र लोकतन्त्रको रक्षाका लागि बहस शुरु भएको जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार