काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले नै बढेको हो ।
बुधबार प्रतितोला ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेर तोलाको ९२ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १ हजार २ सय ७० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।