काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनको बैठक आज पनि बोलाएका छन् ।
देउवाको सचिवालयका अनुसार आज बिहान ८:३० बजे गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल गर्ने कार्यक्रम तय भएको छ।
यसअघि बुधबार पनि गठबन्धनका नेताहरुबीच छलफल भएको थियो । जसमा मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने, मन्त्रीको जिम्मा पार्टीका शीर्ष नेताहरुलाई नै दिने र गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम ल्याउनेजस्ता विषयमा छलफल भएको थियो।
यस्तै, स्रोतका अनुसार आजको बैठकमा पनि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी अनुसार प्रधानमन्त्री देउवाले बैठक बोलाएका हुन् । कुन पार्टीले कति र कुन-कुन मन्त्रालय तथा को मन्त्री भन्नेबारे छलफल हुने स्रोतको दाबी छ।
हाल कांग्रेस सभापति देउवा नेतृत्वको सरकारमा चार मन्त्री र एक राज्यमन्त्रीमात्रै रहेका छन्। गठबन्धनमा छलफलपछि मन्त्रिपरिषदलाई पूर्णता एक/दुई दिनमै दिने तयारी छ।
सत्ता गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छ।
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend