काठमाडौं । नेपालकी पौडी खेलाडी गौरिका सिंहले टोकियो ओलम्पिकमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै आफ्नै कीर्तिमान तोडेकी छन् ।
उनले बुधबार १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।
बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइकलो पहिलो हिटमा निर्धारित दूरी १ः ००ः ११ मा पूरा गर्दै उनले २०१९ मा आफैले बनाएको राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । उनी पहिलो हिटमा तेस्रो स्थान रहेकी छन् ।
२०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी चार स्वर्ण पदकसँगै २ रजत र ३ कांस्य जितेकी गौरिकाले रियो ओलम्पिक २०१६ मा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।