Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूद्वारा सर्वोच्चमा रिट: हामी माओवादीमै छौँ, पद पुनर्बहाली गरियाेस्


    बुधबार, साउन १३ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सांसद पदमा पुनर्बहालीको माग गर्दै पूर्व नेकपा माओवादी केन्द्रका चार जना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

    नेकपा एकता भंग भएपछि एमालेमै रहेर मन्त्री बनेका माओवादी केन्द्रका नेता लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभू साह र गौरिशंकर चौधरीले आफूहरु निर्वाचित भएकै दलमा रहेकाले सांसद पद खारेजीको निर्णय वदर गर्न माग गर्दै रिट दायर गरेका हुन् । 

    उनीहरुले आफूहरुको सांसद पद यथावत राख्न माग गरेका छन् । सो रिटको पहिलो पेशी बिहीबार राखिने भएको छ । 

    नेकपा विघटन भएपछि एमालेमै बसेर उनीहरु केपी शर्मा ओली सरकारमा मन्त्री बनेका थिए । माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्काशन गरी सांसद पदसमेत खारेज गरेकाे थियाे ।

    केही दिन पहिले यी चार नेताहरु माओवादी केन्द्रको वैधानिकता सकिएको भन्दै वैधता शून्यमा झार्न माग गरी निर्वाचन आयोग पनि गएका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार