Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • युवती बलात्कारको आरोपमा असई पक्राउ


    बुधबार, साउन १३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीले एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीलाई नै पक्राउ गरेको छ। 

    प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साइन नगरपालिका घर भइ हाल झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ३९ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) जितेन्द्र मण्डल रहेका छन्। 

    ३९ वर्षीय असई मण्डललाई युवतीलाई बलात्कार गरको आरोपमा सुनसरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

    गत साउन ९ गते तेइस वर्षीया युवतीले  सुनसरीको इटहरस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि मण्डललाई पक्राउ गरिएको र यस बिषयमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार