Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा रोकी राखेको बसलाई ट्रकले ठक्कर दिँदा १८ जनाको मृत्यु, दर्जनौं घाइते


    बुधबार, साउन १३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा भएको सडक दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।

    भारतीय संचार माध्यमका अनुसार ट्रकले बसलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी दर्जनौं घाइते भएका छन्।

    लखनउ–अयोध्या सडकखण्डमा मंगलबार राति सो दुर्घटना भएको हो । सञ्चारमाध्यमका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर ट्रकले ठक्कर दिएको हो ।

    प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले राति करिब आठ बजेदेखि सडक किनारमा रोकेका थिए । 

    बसमा १४० जनाभन्दा बढी सवार रहेको प्रहरीले जनाएको छ। धेरैजसोको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । 

    घाइतेहरुको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार