Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्व सभामुख महराले उच्च अदालतबाट पनि सफाइ पाए


    मंगलबार, साउन १२ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् । 

    मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गर्दै सफाइ दिएकाे हाे ।

    यसअघि जबर्जस्ती करणी मुद्दामा पूर्वसभामुख महरालाई काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको थियो ।  जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो ।

    पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका कारण महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार