काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का बरिष्ठ नेता राजेन्द्र महतोले समानुपातिक सांसदमा मनोनीत गरेकी नरमाया ढकाल(प्रज्ञा) उपेन्द्र यादवतिर लागेकी छन् । जग्गा कारोबारमा अकूत सम्पत्ति कमाएपछि उनलाई सांसद हुने रहर जागेको र महतोले उनको त्यो रहर पूरा गरिदिएका थिए । महतोलाई सहयोग गरी उनी सांसद भएकी थिइन् । महतोले सांसद बनाए पनि उनले त्यो गुन बिर्सिएर धोका दिंदै उपेन्द्र यादवतिर लागेकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा जसपा सहभागी हुँदैछ । नरमायाले जसपा अध्यक्ष उपेन्द्र यादवसमक्ष पशुपति विकास कोष संचालक परिषदका सदस्य सचिव प्रदीप ढकालको म्याद सकिन लागेकाले उनलाई निरन्तरता दिने सर्त राखिन् । यादवले ढकाललाई निरन्तरता दिने सर्त स्वीकार गरेकाले उनले महतोलाई छाडेर उपेन्द्र यादवलाई साथ दिन पुगेको स्रोतले बताएको छ । कोषका सदस्य सचिव प्रदीप ढकाल सांसद नरमायाका सहोदर दाजु हुन् ।
पशुपति विकास कोषका सदस्य सचिव ढकालको पदावधि २०७८ साउन ३० मा सकिंदैछ । उनलाई २०७४ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवा नै भएको समयमा तत्कालीन पर्यटन मन्त्री जितेन्द्र देवले नियुक्त गरेका थिए । बिजय गच्छदारलाई आकर्षक भेटीघाटी बुझाएर ढकाल पशुपति विकास कोषको सदस्य सचिव नियुक्त भएको चर्चा भएको थियो ।
४ वर्षसम्म कोषको सदस्यसचिवका रुपमा ढकालले उल्लेखनीय केही काम नगरे पनि आर्थिक संकलन भने राम्रै गरेका छन् । बालुवाको ठेक्का दिलाइदिउँला भन्दै विभिन्न ठेकेदारसँग अग्रिम पेस्की लिएपनि मिलाउन नसकेपछि कतिपयले उनको कार्यकाल सकिन लाग्दा फिर्ता माग्न थालेका छन् । त्यसैकारण उनी अहिले मोबाइलसमेत अफ गरी गोप्य नम्बर लिएर बसेका छन् ।
पशुपतिमा लाइटिङदेखि सुनको जलहरी लगाउने सम्मको कार्यमा ठूलो आर्थिक चलखेल भएको छ । भारतले बनाइदिएको धर्मशाला आनन्द बतासलाई होटल चलाउन दिएवापत पनि ढकालले कुस्त लाभ लिएको स्रोत बताउँछ ।
ढकालसहित कोषका पदाधिकारीले जलहरीका लागि १०८ किलो सुन आएकोमा ९९.५ किलो खपत भएको थियो । बाँकी ९ किलो सुनको बारेमा पारदर्शीता नभएकाले कोषका सदस्यहरुले अख्तियारमा उजुरी हालेपछि सदस्यसचिव ढकालले मुचुल्का उठाएर सुरक्षाकर्मीको रोहवरमा उक्त सुन राखिएको जानकारी दिएका थिए । एक हप्ता अगाडि पशुपति विकास कोषको कार्यालयमा अख्तियारले छापा हानेको थियो ।
पशुपति मन्दिर परिसरमा थ्रिडी लाइट राख्नुपर्नेमा नराखेको आरोप ढकालमाथि छ । उनले पुरातत्वबाट सहमति पनि नलिई लाइटिङको काम गरेका थिए । लाइट जडानमा २ करोडभन्दा बढी घोटाला भएको स्रोतले बताएको छ । स्रोतका अनुसार ढकालले परामर्श र ठेक्कापट्टाका काममा आशिष प्रसाईंलाई परिचालन गरी लाभ लिने गरेका छन् ।
वेवसाइट बनाउने, सीसी क्यामेरा फिट गर्ने ठेक्का पनि तिनै प्रसाईंलाई दिइएको छ । ५ लाखमा पुरा हुने डीपीआरको २० लाखको बिल बनाएर प्रसाईंलाई भुक्तानी दिई भागशान्ति लिने गरेका छन् । अख्तियारले छानबिन गर्ने हो भने ३ करोडभन्दा बढीको डीपीआरको काम प्रसाईलाई दिइएको भेटिने छ । प्रसाईं पशुपति विकास कोषका कर्मचारी होइनन्, तर दिनभरी कोषका सदस्यसचिव ढकालको कार्यकक्षमा भेटिन्छन् । उनलाई कोषका कर्मचारीहरु छाया सदस्यसचिवको संज्ञा दिन्छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend