Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन महिनामा अवकाश हुने विवादित डाक्टरलाई महानिर्देशक बनाउन आरजुकै दबाब


    मंगलबार, साउन १२ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा विगत चार पटक जस्तो यो पटक सरकारको नेतृत्व गर्दा श्रीमती र सालाहरुको घेराबाट मुक्त हुने अपेक्षा गरिएको थियो । श्रीमती डा. आरजु राणा देउवा र सालाहरु भूषण राणा र प्रदीप राणाहरुले विगत ४ पटक देउवा प्रधानमन्त्री हुँदा ठूला ठेक्कादेखि सरुवा र नियुक्तिमा आर्थिक चलखेल गर्दा उनी बदनाम भएका थिए । यो पटक पनि  देउवा श्रीमती र सालाहरुको घेरामा परेका छन् । प्रधानमन्त्री देउवाले श्रीमती आरजुको दबाबमा ब्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्ति गरिसकेका छन् । 

    उमेश श्रेष्ठ राज्यमन्त्री नियुक्त भएपछि श्रीमती आरजुले स्वास्थ्य अन्तर्गतका महानिर्देशकदेखि विभिन्न निकायमा सरुवा गर्न दबाब दिन थालेकी छन् । आरजुले राज्यमन्त्री श्रेष्ठ र सचिव लक्ष्मण अर्याललाई घरमै बोलाएर अवकाश हुन ३ महिनामात्र बाँकी भएका डा. आरपी विच्छालाई स्वास्थ्य सेवा विभागको महानिर्देकश बनाउन दबाब दिएकी छन् । बरिष्ठताका आधारमा धेरै कनिष्ट र अनियमिततामा बदनाम डा. बिच्छा २०७८ कात्तिक ६ गते अवकाश हुँदैछन् ।

    स्वास्थ्य सेवा विभागमा १२ औं तहका बरिष्ठ डा. दिपेन्द्ररमण सिंह महानिर्देशक छन् । डा. बिच्छा ११ औं तहका पनि २० औं बरियता भन्दा कनिष्ट हुन् । ११ औं तहका डाक्टरहरु डा. बिच्छाभन्दा २० जना भन्दा बढी छन् ।  

    डा. बिच्छा कान्ति बाल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुन् । कोरोनाका बिरामीको उपचारका लागि कान्ति बाल अस्पतालमा अक्सिजन प्लान्ट राख्नका लागि काठमाडौं महानगरपालिकाले अनुदान दिएको २ करोड रुपैयाँमा डा. बिच्छाले २० प्रतिशत घुस मागेपछि अहिलेसम्म पनि जडान हुन सकेको छैन । अक्सिजन प्लान्ट राख्नका लागि ठेक्का पाएका डाइग्नोकेम इन्टरनेशनलका संचालक विज्ञान शर्माले ५ प्रतिशतमात्र मुनाफा राखी कम दरमा बोलपत्र पेश गरेकाले २० प्रतिशत कमिसन दिन नसक्ने भनेपछि उनले जडान नै गर्न दिएका छैनन् ।  
    काठमाडौं महानगरपालिका र कान्ति बाल अस्पतालबीच अक्सिजन प्लान्ट राख्नका लागि मेयर शाक्यले नगरसभाबाट दुई करोड विनियोजन गर्ने निर्णय गरेका थिए । र, २०७६ कात्तिक २२ मा अक्सिजन प्लान्ट राख्नका लागि कान्ति बाल अस्पताललाई २ करोड रुपैयाँ अनुदान दिने सम्झौता भएको थियो । तर २०७८ साउनसम्म पनि अक्सिजन प्लान्ट जडान हुनसकेको छैन । निर्देशक बिच्छाले घुस मागेकै कारण अक्सिजन प्लान्ट जडान हुन सकेको छैन । कान्ति बाल अस्पतालका सूचना अधिकारी डा. रमेशनरसिंह केसीले अक्सिजन प्लान्ट नडान हुन नसकेको बताए । 

    बाल स्वास्थ्य महाशाखाको प्रमुख हुँदा पनि भ्याक्सिन खरिदमा अनियमितता गरेको आरोप डा. बिच्छामाथि लागेको थियो । परिवार स्वास्थ्य महाशाखाको प्रमुख हुँदा कर्मचारीको भ्रमणदेखि विभिन्न भत्ता(टीएडीए)को भुक्तानी दिंदा घुुस मागेपछि कार्यालय सहयोगीदेखि चिकित्सकले तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाले उनलाई हटाएका थिए । डा. शिला अर्यालसहितको टेलिगेसनले तत्कालीन मन्त्री थापालाई कि सबै कर्मचारीलाई सरुवा गर्न कि त बिच्छालाई हटाउन माग गरेका थिए । कर्मचारीको डेलिगेसन आएपछि बिच्छालाई हटाएर समस्या समाधान गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार