Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाँस्कोटा भन्छन्- नेपालका मनचिन्ते मागपत्रहरुको चाङ कहिल्यै बन्द हुँदैन, अब धर्म र राज्यबारे छुट्टै बहस गर्नुपर्छ


    मंगलबार, साउन १२ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले माधब नेपालका कुण्ठीत सपना पुरा नहुन्जेलसम्म उनका मनचिन्ते झोलीभित्र रहेका मागपत्रहरुको चागं कहिल्यै बन्द नहुने बताएका छन् ।

    बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटमार्फत पार्टीमा एकता कायम नहुने संकेत गर्दै नेपालका मनचिन्ते झोलीभित्र रहेका मागपत्रहरुको चागं कहिल्यै बन्द हुने सम्भावना नरहेको बताएका छन् । 

    उनले लेखेका छन् – ‘मलाई मात्र हो कि अरुलाई पनि यस्तै लागिरहेको छ,थाहा छैन।माधब नेपालका कुण्ठीत सपना पुरा नहुन्जेलसम्म उनका मनचिन्ते झोलीभित्र रहेका मागपत्रहरुको चागं कहिल्यै बन्द हुने सम्भावना छैन।’

    याे सँगै नेता बाँस्कोटाले अर्काे ट्विट गर्दै धर्म, संस्कृति र राज्यबारे छुट्टै बहस गर्नुपर्ने पनि बताएका छन् ।

    उनले लेखेका छन –  ‘संघीयतामा कुनै देश किन गए ? हामीले आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि हेरेनौँ ‘ उनले जनताको आमूल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेन्डा खुसुक्क घुसाइएको पनि बताएका छन् ।

    उनले लेखेका छन् – ‘जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाईयो।नेपालमाभन्दा विदेशमा गोष्ठीहरुको बाढी आयो र हामी बगिरह्यौ।धर्म ,सस्कृति र राज्यवारे त छुट्टै वहस गर्नु पर्छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार