Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • जसपाका अध्यक्ष यादवले बाेलाए केन्द्रीय कार्यकारिणी समितिको बैठक, के- के छन् एजेण्डा ?


    मंगलबार, साउन १२ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समितिको बैठक बाेलाएका छन् । 

    ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा ३४ जना सदस्य रहेकाले सोमबार आयोगले यादव पक्षलाई आधिकारिकता दिएको थियो । आयोगले आधिकारिकता दिएलगतै अध्यक्ष यादवले आज बैठक बोलाएका हुन् ।

    दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकमा पार्टीको आगामी रणनीति, सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

    अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई भने आजको बैठककाे जानकारी गराइएकाे छैन । ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले बैठकबारे आफूहरुलाई जानकारी नभएकाले नजाने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार