काठमाडौँ। वरिष्ठ लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले एका बिहानै गरेको एक ट्वीटले सामाजिक सञ्जालमा खैलाबैला मच्चिएको छ ।
लेखक संग्रौलाले एकाबिहानै ट्वीट गरेर विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई राप्रपा अध्यक्ष कमल थापाको राजावादी पार्टीमा प्रवेश गर्न सुझाब दिएसँगै सामाजिक सञ्जालहरुमा खैलाबैला मच्चिएको हो।
अध्यक्ष मिश्रले सोमबार मात्रै संघीयता खारेजी र धर्मनिरपेक्षता सम्बन्धमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका थिए। मिश्रको सो अभिव्यक्तिप्रति कटाक्ष गर्दै संग्रौलाले मिश्रलाई नै झस्काउने गरी यस्तो सुझाव दिएका हुन् ।
संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘न साझा न विवेकशीलका सम्भ्रान्त श्री रवीन्द्र मिश्रलाई संघीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ। कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरूक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे भइगो नि।’
न साझा न विवेकशीलका सम्भ्रान्त श्री रवीन्द्र मिश्रलाई संघीयताकाे खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ।कुराकाे चुराे यही हाे भने यी नवमण्डलेले खुरूक्क कमल थापाकाे राजावादी राप्रपामा प्रवेश गरे भइगाे नि!
— Khagendra Sangroula (@belakoboli) July 26, 2021
हरिण हरिणसँग,हुँडार हुँडारसँग!! pic.twitter.com/8WMtQE39IN
— Khagendra Sangroula (@belakoboli) July 27, 2021
यता, पुर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पनि मिश्रको सो धारणापछि युवाहरु सचेत हुनुपर्ने प्रतिक्रिया जनाएका छन् ।
‘झिंगाको सरापले डिंगा मर्दैन! कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन, भट्टराईले लेखेका छन्।
उनले थपे, ‘संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन!बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून!’
झिंगाको सरापले डिंगा मर्दैन! कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीको विरूद्ध बोल्यो भन्दैमा तरंगित हुनपर्दैन।संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूतमात्र हुन् भन्न डराउनुपर्दैन!बरू वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून!
— Baburam Bhattarai (@brb1954) July 26, 2021
यसैगरी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं एमाले नेता सूर्य थापाले पनि मिश्रपछि कटाक्ष प्रकट गर्दै मिश्रकाे वैकल्पिक राजनीति गणतन्त्र र धर्मनिरपेक्षताकाे विपक्षमै उभिएको उल्लेख गरेका छन् भने, अध्यक्ष मिश्र जन्मजात नै राजतन्त्र र हिन्दुराज्यका हिमायती रहेको थापाको भनाइ छ।
रविन्द्र मिश्रकाे वैकल्पिक राजनीति गणतन्त्र र धर्मनिरपेक्षताकाे विपक्षमै उभिएछ। कैयाैं साथीहरू यसमा चकित छन्,उनी जन्मजात नै राजतन्त्र र हिन्दुराज्यका हिमायती थिए। आन्दोलनमा शून्य याेगदान थियाे र विराेधमै थिए। सायद मनाेज चाैधरी पनि यिनै थिए, जसले परिवर्तनविरूद्द छद्म नाममा लेख्थे!
— Surya Thapa (@ThapajiSurya) July 27, 2021
के भनेका थिए मिश्रले ? के थियो मिश्रको धारणा ? हेर्नुहोस् पूर्णपाठ :
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend