Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टोक्योमा जारी ओलम्पिक खेल, नेपालमा ठूलो जाल र झेल !


    मंगलबार, साउन १२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । टोकियो ओलम्पिक खेलमा एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई अन्तिम समयमा सहभागी हुनबाट बन्चित गरेको भन्दै राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले सत्य तथ्य छानविनको माग गरेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा कर्मचारी संघले एक कार्यक्रमको आयोजना गरी मल्ललाई कोरोना पोजिटिभ रिपोर्ट आएको भन्दै अर्को पदाधिकारीलाई लग्नुमा ओलम्पिक कमिटीको नियत खराब भएको भन्दै छानविनको माग गरेको हो ।

    ओलम्पिक कमिटीको कार्यालयमा कोभिड परिक्षण गर्दा इन्द्राको रिपोर्ट पोजिटिभ आएको भन्दै नेपाल ओलम्पिक कमिटीले उनको सट्टा सन्तोष श्रेष्ठलाई प्रशिक्षकको रुपमा सहभागी गराएको छ । अन्तिम समयमा आएर मल्लमाथि अन्याय भएको कर्मचारी संघको आरोप छ ।

    प्रशिक्षक मल्लले रिपोर्टमा बदमासी भएको शंका लागेको भन्दै छानविनको माग गरेकी छन् । मल्लले विभिन्न हस्पिटलमा टेष्ट गराउँदा सबै ठाउँमा नेगेटिभ रिपोर्ट आएको तर त्यो दिनको रिपोर्ट पोजिटिभ आउनु शंकास्पद भएको भन्दै छानविनको माग गरेकी हुन् ।

    कर्मचारी संघले १ जना खेलाडीका लागि २/२ जना ब्यवस्थापक बनाएर सम्वधित खेलभन्दा बाहिरका पदाधिकारीलाई मनपरि ढंगले भ्रमण गराएकोमा भत्सर्ना पनि गरेको छ । प्रशिक्षक मल्ल टोकियो ओलम्पिकमा जाने भन्दै पोखराबाट काठमाडौं आएकी थिइन् । जनआस्थामा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार